त्रिवेणी-१ मा ओलीसहित स्वतन्त्र प्यानल निर्वाचित

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं १ मा अध्यक्षका स्वतन्त्र उम्मेदवार सुन्दर ओलीसहित स्वतन्त्र प्यानल नै विजयी भएको छ । धारो चुनाव चिन्ह पाएका ओली ५ सय ६० मतसहित निर्वाचित भएका हुन् ।

त्रिवेणी-१ मा ओलीसहित स्वतन्त्र प्यानल निर्वाचित

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीको पक्षमा ४ सय १७ मत मात्रै आयो । कांग्रेसबाट उम्मेदवार बनेका मुस्कान ओलीले ४४ मत पाए ।

स्वतन्त्रबाट जितेका ओली माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका उपाध्यक्ष थिए । पार्टीबाट टिकट नपाएपछि उनले आफूसँगै सिंगो प्यानलमा नै स्वतन्त्र उम्मेदवारी गराएका थिए ।

यद्यपि माओवादीबाट आधिकारीक उम्मेदवारबारे पार्टीमा विवाद भयो । तर पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई माओवादीले ६ महिनाका लागि निलम्बन समेत गरेको छ। हाल उनी पार्टीको जिम्मेवारीमा छैनन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?