१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्वतको फलेवासमा कांग्रेसका तिवारी विजयी

अगन्धर तिवारी

पर्वत — पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारी विजयी भएका छन् । तिवारीले ७ हजा ७०० मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार पदमपाणी शर्माले ६ हजार ३८० मत ल्याए ।  शर्मा फलेवासका संस्थापक नगरप्रमुख समेत हुन् । २०७४ को स्थानीय निर्वाचनमा उनै शर्मासँग ३४८ मतले पराजित भएका तिवारी यो निर्वाचनमा भने आफ्ना अघिल्लो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्न सफल भएका हुन् । 

पर्वतको फलेवासमा कांग्रेसका तिवारी विजयी

फलेवासकै उपप्रमुखमा गठबन्धनको तर्फबाटै उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भइन् । क्षेत्रीले ६३२७ मत ल्याउँदा संस्थापक उपप्रमुख समेत रहेकी मञ्जु अधिकारीले ६०५७ मत ल्याइन् । अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाटै उपप्रमुखमा उम्मेदवारी दिएकी क्षेत्रीले त्यतिबेला ६९६ मत मात्रै ल्याएकी थिइन् । योसँगै फलेवासका ११ मध्ये ६ वडामा नेपाली कांग्रेस र पाँच वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ कार्कीनेटा, ३ शंकरपोखरी, ४ मुडीकुवा, ६ देवीस्थान, ९ भंगरा र वडा नम्बर १० कुर्घामा नेपाली कांग्रेसका अध्यक्ष निर्वाचित भए । वडा नम्बर २ थापाठाना, ५ खानीगाउँ, ७ लिमिठाना, ८ ठानामौला र वडा नम्बर ११ पाङराङमा भने नेकपा एमालेका उम्मेदवार विजयी भए । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको पाङराङ गुमाउँदा अघिल्लोपटक गुमाएको कार्कीनेटा, मुडिकुवा, भंगरा र कुर्घा फिर्ता ल्यायो । पाङराङ कांग्रेसको गढ मानिन्थ्यो भने कार्कीनेटा, कुर्घा र मुडिकुवा एमालेको ।


प्रकाशित : जेष्ठ ३, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?