कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा नेकपा (एमाले)की मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।

गुल्मीको कालिगण्डकी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८ सय १० मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी दर्लामीले ४ हजार ४ सय ८४ मत ल्याएर निर्वाचित भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्षपदमा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामजी ढकालले ४ हजार ६ सय ७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३ सय ८४ मत पाएकी थिइन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ३ एमाले ३ वटा कांग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?