१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमालेका उम्मेदवार निर्वाचित

(बारा) — बाराको १६ स्थानीय तहमध्ये २ गाउँपालिकाको मत परिणाम टुंगो लागेको छ । करैयामाई र परवानीपुर गाउँपालिकाको मत परिणाम टुंगो लागेको हो । जसअनुसार करैयामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टीले जितेको छ ।

बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमालेका उम्मेदवार निर्वाचित

करैयामाईमा जसपाका उम्मेदवारहरू अध्यक्षमा शम्भुप्रसाद यादव र उपाध्यक्षमा सुनैना चौधरी निर्वाचित भएका हुन् । शम्भुले निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष भुनेश्वर चौधरीलाई २ हजार १ सय ९८ मतले पराजित गरे । यादवलाई ५ हजार ५९८ र चौधरीलाई ३ हजार ४ सय मत प्राप्त भयो । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले निकटतम कांग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी हुन् । सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गरिन् भने चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गरिन् ।

यसैगरी परवानीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राम क्षेत्री पटेलले निकटतम लोसपाका जगतनारायण महतोलाई ४ सय ७४ मतले पराजित गरेका छन् । राम क्षेत्रीले २ हजार ९ सय १७ मत प्राप्त गरे भने जगत नारायणले २ हजार ४ सय ४३ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै सुगन्धी देवी कनुइनले निकटतम लोकतान्त्रिक समाजवादी पार्टीकी सावित्री देवीलाई ८ सय ४५ मतले पराजित गरेकी हुन् । सुगन्धीले ३ हजार २ सय ३२ मत र सावित्रीले २ हजार ३ सय ८७ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?