तनहुँको भिमाद नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

सम्झना रसाइली

(तनहुँ) — तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजयी हासिल गरेको छ ।

तनहुँको भिमाद नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

सत्ता गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दे प्रमुखमा दधिराज सुवेदीले ८ हजार १ सय २८ मत र उपप्रमुख शारदा खनालले ७ हजार ६ सय ६७ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८ सय ५७ मत र कांग्रेसका मिलन आलेले ७ हजार २ सय ५ मत ल्याएका छन् । भिमादको वडा नम्बर–२, ३, ७, ८ र ९ एमालेले र वडा नम्बर १, ४, ५ र ६ कांंग्रेसले जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?