हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित

छपाल लामा

हुम्ला — हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुशिला रोकाया निर्वाचित भएका हुन् । 

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सिमकोट गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार भण्डारी २ हजार ८ सय ८२ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार महेन्द्रबहादुर शाहीलाई ९ सय १३ मतान्तरले पराजित गरे । पराजित महेन्द्रबहादुर शाहीले १ हजार ९ सय ६९ मत ल्याए ।

उपाध्यक्षमा विजयी रोकायाले २ हजार ४ सय ६४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४ सय ५६ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?