खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी

डम्बरसिं राई

खोटाङ — खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी भएका छन् । उनले २ हजार ८०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नइन्द्र राईले २ हजार १६२ मत ल्याएर पराजय ब्यहोरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले दुई हजार ९३ मत ल्याएका छन् । 


उपाध्यक्षमा एमालेकी अरुणा थापा विजयी भएकी छिन् । उनले २ हजार ७३३ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी रमा कट्वालले २ हजार ३१२ मत ल्याइन् । माओवादी केन्द्रकी नैनकुमारी खत्रीले १ हजार ७०६ मत ल्याइन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेस विजयी

डम्बरसिं राई

काठमाडौँ — खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उदीमबहादुर राई विजयी भएका छन् । उनले तीन हजार सात सय २८ मत ल्याएर विजयी भएका हुन् ।

राईका निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईले ३ हजार ६ सय ९० मत ल्याएर पराजित भएकी छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रुपेश राईले विजयी हासिल गरेका छन् । उनले तीन हजार सात सय ६३ मत ल्याएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका राजनकुमार बन्जराले तीन हजार तीन सय १० मत ल्याएका छन् । उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×