प्यूठान स्वर्गद्वारी नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा जनमोर्चा उम्मेदवार विजयी - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

प्यूठान स्वर्गद्वारी नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा जनमोर्चा उम्मेदवार विजयी 

कान्तिपुर संवाददाता

प्यूठान — प्यूठान स्वर्गद्वारी नगरपालिका प्रमुखमा कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । यस्तै नगरपालिका उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भएका छन् । ७ हजार ३ सय ७७ मत ल्याउँदै रानामगर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत ल्याइन् ।

नगरपालिकाको वडा नम्बर १ मा गठबन्धनका मेघराज जिसी, वडा नम्बर २ मा गठबन्धनकै बुद्धिराम पुन, ३ मा एमालेका कृष्ण बहादुर रोकाय, ४ मा गठबन्धनका सुवर्णकुमार श्रेष्ठ, ५ मा गठबनधनका गिरबहादुर घर्तिमगर विजयी भए । त्यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उमेदवार सुरज जिएम, ८ मा गठबन्धनका खोप बहादुर राउत, ९ मा एमालेका नर बहादुर बिएम विजयी भए ।


प्रकाशित : जेष्ठ ३, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

दाङको तुलसीपुर-१७ मा आज मतदान

दुर्गालाल केसी

काठमाडौँ — नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ मा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण स्थगित भएको मतदान मंगलबार बिहानदेखि सुरु भएको छ ।

निर्वाचनमा वडाध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेका तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्याशी बनेका छन् ।

अहिलेसम्म १३ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीले बताए । उक्त वडामा जम्मा ६ हजार १ सय १७ मतदाता रहेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×