२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्याङ्जाको बिरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै स्याङ्जा बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरे । पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन् ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

यस्तै, उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी भएकी छन् । निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भएकी शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् । गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे ।

यसैगरी बिरुवा गाउँपालिकाका ८ वडामध्ये १ मा कांग्रेसका राजेन्द्र केसी, २ मा कांग्रेसकै नोमबहादुर गुरुङ, ३ मा माओवादी केन्द्रकी मनुकुमारी थापा, ४ मा कांग्रेसका मुक्तबहादुर गुरुङ, ५ मा एमालेका नवीन थापा, ६ मा एमालेका कृष्ण क्षेत्री, ७ मा कांग्रेसका मेखराज गुरुङ र ८ मा एमालेका नवीन आले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?