ललितपुरको महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी

प्रशान्त माली

ललितपुर — ललितपुरको महांकाल गाउँपालिका प्रमुखमा कांग्रेसका गणेश केसी र उपाध्यक्षमा माओवादी केन्द्रका डाेल्मा माया गाेले निर्वाचित भएका छन् । केसीले एमालेबाट प्रमुखका उम्मेदवार कमला लामा तामाङलाई ५६८ मतान्तरले पराजित गरेका छन् ।

ललितपुरको महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी

माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार भगिरथ तिमिल्सिनाले २३८ मात्र मत प्राप्त गरे । केसीले ३४५५ मत ल्याउन सफल भए भने लामाले २ हजार ८ सय ८७ मात प्राप्त गरिन् ।

उपाध्यक्षमा निर्वाचित गाेलेले ३१५२ र उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पुरूषाेत्तम हुमागाईंले २ हजार ७ सय ८७ मात्र प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?