१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेस विजयी

डम्बरसिं राई

काठमाडौँ — खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उदीमबहादुर राई विजयी भएका छन् । उनले तीन हजार सात सय २८ मत ल्याएर विजयी भएका हुन् ।

खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेस विजयी

राईका निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईले ३ हजार ६ सय ९० मत ल्याएर पराजित भएकी छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रुपेश राईले विजयी हासिल गरेका छन् । उनले तीन हजार सात सय ६३ मत ल्याएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका राजनकुमार बन्जराले तीन हजार तीन सय १० मत ल्याएका छन् । उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?