मेलुङको अध्यक्षमा एमालेका तामाङ विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

मेलुङको अध्यक्षमा एमालेका तामाङ विजयी

केदार शिवाकोटी

दोलखा — दोलखको मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा कुमार तामाङ विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै तामाङले ५ हजार ७५ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेकै गायत्री आचार्य विजयी भएकी छन् ।

मंगलबार सम्पन्न परिणाममा तामाङका निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रविन्द्र कार्कीले ३ हजार ९ सय ३ मत ल्याए । यस्तै उपाध्यक्षमा एमालेकी आचार्यले ४ हजार ६ सय १३ मत ल्याइन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका भक्त तामाङले ३ हजार २ सय ४१ मत प्राप्त गरे ।

मेलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित तामाङ विधार्थीको राजनीतिक जीवनबाट प्रवेश गरेर युवा संघ हुँदै दोलखाको अध्यक्ष बनेका थिए । हाल उनी नेकपा एमाले दोलखाका सचिव हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

दोलखाका ९ स्थानीय तहका ९ वडाको मत सार्वजनिक

केदार शिवाकोटी

दोलखा — दोलखका ९ स्थानीय तहका ९ वटा वडाका मत परिणम सार्वजनिक भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३/३ वटा वडामा विजयी हासिल गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसले २ वटामा र नेकपा एकीकृत समाजवादीले १ वडामा विजयी हासिल गरेको छ ।

एमालेले कालिञ्चोक गाउँपालिका–१, तामाकोशी गाउँपालिका–१ र बैत्यश्वर गाउँपालिका–१ मा विजयी भएको छ । माओवादीले जिरी नगरपालिकाको २ र ३, गौरीशंकर गाउँपालिकाको १ नम्बर वडामा विजयी भएको छ ।

कांग्रेसले भीमेश्वर नगरपालिको–१ र जिरी नगरपालिकाको–१ वडामा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले मेलङ गाउँपालिका–२ मा विजयी हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×