कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेलुङको अध्यक्षमा एमालेका तामाङ विजयी

केदार शिवाकोटी

दोलखा — दोलखको मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा कुमार तामाङ विजयी भएका छन् ।

मेलुङको अध्यक्षमा एमालेका तामाङ विजयी

सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै तामाङले ५ हजार ७५ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेकै गायत्री आचार्य विजयी भएकी छन् ।

मंगलबार सम्पन्न परिणाममा तामाङका निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रविन्द्र कार्कीले ३ हजार ९ सय ३ मत ल्याए । यस्तै उपाध्यक्षमा एमालेकी आचार्यले ४ हजार ६ सय १३ मत ल्याइन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका भक्त तामाङले ३ हजार २ सय ४१ मत प्राप्त गरे ।

मेलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित तामाङ विधार्थीको राजनीतिक जीवनबाट प्रवेश गरेर युवा संघ हुँदै दोलखाको अध्यक्ष बनेका थिए । हाल उनी नेकपा एमाले दोलखाका सचिव हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?