कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढोरपाटनको मेयरमा एमालेका नेपाली विजयी

प्रकाश बराल

बागलुङ — बागलुङको ढोरपाटन नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली विजयी भएका छन् ।

ढोरपाटनको मेयरमा एमालेका नेपाली विजयी

उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका चन्द्र अर्याललाई पराजित गरे । नेपाली ५ हजार ७ सय ३५ मत ल्याएर विजयी बनेका हुन् । निकटतम प्रतिस्पर्धी अर्यालले ५ हजार १ सय ३५मत ल्याएका थिए ।

उपप्रमुखमा कांग्रेसका धनबहादुर कायत विजयी भए । कायतले राजमोकी ताराकुमारी पुनलाई पराजित गरे । कायतले ५ हजार ६ सय ५०मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी पुनले ४ हजार ८ सय ८४ मत प्राप्त गरेकी छन् ।

यहाँ सत्ता गठबन्धन विरुद्ध एमाले र राजमोको विद्रोही समूह चुनावी मैदानमा थिए । नेपालीले यस नगरमा दोश्रो पटक प्रमुख जितेका हुन् । ढोरपाटन दलित समुदायको बाहुल्यता रहेको स्थान हो ।

यहाँका अधिकांश वडा पनि एमालेले जितेको छ । जिल्लाको गलकोट नगर, निसी खोला र तमानखोला गाउँपालिकामा कांग्रेसका उम्मेदवार प्रमुखमा विजयी भएका छन् । ताराखोलामा माओवादी र बरेङमा राजमोका उमेदवार विजयी भइसकेका छन् । काठेखोला गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । सदरमुकाम रहेको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा भने मत गणना जारी छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?