२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाजुरा सदरमुकाममा उच्च सुरक्षा सतर्कता

अर्जुन शाह

बाजुरा — बाजुराको बडिमालिका नगरपालिकाकाको मतगणना सकिनै लाग्दा सदरमुकाम मार्तडीको सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार बिहानैदेखि मार्तडीका मुख्य चोक र गौडाहरूमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सुरक्षा अधिकृतहरूले जनाएका छन् । पालिकाको अन्तिम नतिजापछि हिंसात्मक घटनाहरू हुनसक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

बाजुरा सदरमुकाममा उच्च सुरक्षा सतर्कता

बाजुरा सदरमुकाम मार्तडीमा मतदानकै दिनदेखि राति-राति दोहोरो झडप र ढुंगामुढा प्रहारका घटनाहरू भइरहेका छन् । पालिकाको अन्तिम मत परिणामपछि हिंसाका थप घटना हुन सक्ने जोखिम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको हो ।

यसका साथै अहिलेसम्म मतगणना गर्ने अथवा पुनः निर्वाचनमा जाने भन्ने टुंगो नलागिसकेको बुढीगंगा नगरपालिकाका लागि आउन सक्ने जुनसुकै निर्णयको असर पनि सदरमुकाममा पर्न सक्ने सुरक्षा निकायको अनुमान छ । एमालेले मतगणना हुनुपर्ने अडान राखिरहेको छ भने केही मतदान केन्द्रहरूमा पुनः मतदान हुनुपर्ने कांग्रेसको अडान छ ।

निर्वाचन आयुक्त सगुन सम्शेर जबराको टोलीले आइतबार बाजुरा पुगेर बुढीगंगा घटनाको अध्ययन गरी सोमबार फर्किएको छ । सोमबार नै आयोगले बुढीगंगाको निर्णय दिने बुझाइ छ ।

बाजुरा सदरमुकाम मार्तडी

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?