बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी

घनश्याम खडका,

म्याग्दी — बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी ६ हजार ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका चिरन्जिवी शर्माले ५ हजार १ सय ९८ मत पाएका थिए ।

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी

त्यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले ७ हजार ४३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पशुपति शाहीले ५ हजार ५ सय मत पाएकी थिइन् ।

बेनी नगरपालिकाका १० वडामध्ये १, ५, ६, ८ र १० मा एमालेका क्रमश: टेकबहादुर थापा, गोविन्द बानियाँ, उत्तम कर्माचार्य र मस्तवीर रोका अध्यक्षमा निर्वाचित भएका छन् । २ र ९ नम्बर वडाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवारहरू यामबहादुर कार्की, चक्र कार्की तथा ३ र ४ नम्बर वडा अध्यक्षमा गठबन्धन माओवादी केन्द्रका पदम पुन र अणबहादुर खड्का निर्वाचित भएका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?