अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार भारी मतका साथ विजयी भएका छन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए ।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका पदम क्षेत्रीलाई १ हजार ५ सय ५७ मतान्तरले पराजित गरेका हुन् । क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी दीपा पाेखरेलले गठबन्धनबाट कांग्रेसका उम्मेदवार शाेभाखर खनाललाई १ हजार ४ सय ९८ मतान्तरले पराजित गरेकी हुन् । पाेखरेलले ८ हजार १ सय ५५ मत ल्याएर विजयी भइन् । खनालले ६ हजार ६ सय ५७ मत ल्याए ।

२०७४ काे स्थानीय तह निर्वाचनमा पनि कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै एमालेले जितेको थियोे ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?