पातारासीकाे अध्यक्षमा कांग्रेसका बाेहाेरा र उपाध्यक्षमा माओवादीका राेकाया विजयी

एलपी देवकोटा

काठमाडौँ — पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका पूर्णसिंह  बोहोरा र उपाध्यक्षमा माओवादीका जनमाया रोकाया विजयी भएका छन् । पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले २ हजार ७ सय ६८ मत ल्याएका छन् भने  उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले २ हजार ६ सय ६८ मत ल्याएका थिए ।

पातारासीकाे अध्यक्षमा कांग्रेसका बाेहाेरा र उपाध्यक्षमा माओवादीका राेकाया विजयी

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया बोहोराले २ हजार ७ सय २५ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका शान्ति बुढाले २ हजार ४ सय ६३ मत ल्याएकी छन् ।

गाउँपालिका अध्यक्षमा विजयी भएका बोहोरा जडिबुटी व्यापारी हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?