कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

देवनारायण साह

मोरङ — मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । मिक्लाजुङ गाउँपालिकाका निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८ हजार २ सय ५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भएका हुन् ।

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

एमालेको गढ मानिने मिक्लाजुङमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा हार बेहोरेको छ । एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल अध्यक्षमा र उपाध्यक्षमा निर्मला राई पराजित भएका हुन् । ढुङ्गेलले ४ हजार ९ सय १६ र राईले ५४५५ मत ल्याएका थिए । उक्त गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा एमाललेका देवीप्रसाद आचार्य अध्यक्षमा र सरला राई उपाध्यक्षमा निर्वाचित भएका थिए । ९ वटा वडा रहेको मिक्लाजुङमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २/२ वडा जितेका छन्।

प्रकाशित : जेष्ठ ३, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?