३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आँबुखैरेनी गाउँपालिका अध्यक्षमा माओवादी विजयी

सम्झना रसाइली

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान तीन हजार ९४० मत र उपाध्यक्षमा दुर्गा अर्यालले दुई हजार ८४८ मत ल्याएर विजयी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका अध्यक्षमा माओवादी विजयी

उनीहरूका प्रतिस्पर्धी अध्यक्षमा नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत र उपाध्यक्षमा पवित्रा गौलीले २ हजार १८३ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (एमाले)ले एउटा वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?