२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

दाङको बबई गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

दुर्गालाल केसी

दाङ — बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले विजय हासिल गरेका छन् । बबई गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार कूलबहादुर खत्री क्षेत्री १ हजार ७७ मतान्तरले विजयी भएका हुन् । उनले ६ हजार ६ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

दाङको बबई गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

माओवादी केन्द्रका भीमबहादुर वलीले २ हजार २८ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा बबईमा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्का ९ सय ८६ मतान्तरले विजयी भएकी छिन् । उनले ६ हजार ४ सय मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रकी अञ्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गरिन् ।

कांग्रेसले चार र एमालेले तीन वडा जितेको छ । कांग्रेसले २, ५, ६ र ७ नम्बर वडा तथा एमालेले १, ३, ४ नम्बरमा वडाध्यक्ष जितेको छ । बबईमा २२ हजार १ सय ४४ मतदाता रहेकोमा १५ हजार ४ सय २४ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?