दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसका गिरी विजयी 

दुर्गालाल केसी

दाङ — दंगीशरण गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका शम्भु गिरी १ हजार ४ सय १८ मतान्तरले विजयी भएका हुन् ।  उनले ५ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मेघनाथ शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा दंगिशरणमा अध्यक्ष एमालेले जितेको थियो ।

दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसका गिरी विजयी 

उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी वली २ सय ६८ मतान्तरले विजयी भएकी छिन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले ४ हजार ५ सय ७९ मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी बुधनी चौधरीले ४ हजार ३ सय ११ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८ सय ४६ मत प्राप्त गरेकी छिन् । एमालेले चार र कांग्रेसले तीन वडा जितेको छ । एमालेले २, ४, ५ र ७ नम्बर वडा तथा कांग्रेसले १, ३ र ६ नम्बर वडा जितेको छ । २०७४ मा तीन वडा जितेको माओवादी यसपटक शून्य भएको छ । दंगीशरणमा १८ हजार १ सय ६ मतदाता रहेकोमा १३ हजार ८७ मत खसेको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?