१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निवर्तमान पालिका अध्यक्ष वडा सदस्यमै पराजित

तेह्रथुम

काठमाडौँ — आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बू वडा सदस्यमा पराजित भएका छन् । २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बू यसपटक भने वडा सदस्यमा पराजित भएका हुन् । 

निवर्तमान पालिका अध्यक्ष वडा सदस्यमै पराजित

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर आठराई–७ मा गठबन्धनको कलम चिह्नबाट खुला वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बूले ३ सय ३९ मत मात्र प्राप्त गरे । अर्को खुला सदस्य पदमा गठबन्धनबाट नेपाली कांग्रेसका जितबहादुर कन्दङ्वा पनि पराजित भए । लिम्बू र कन्दङ्वालाई एमालेका हरिप्रसाद पराजुली र कुमारप्रसाद कन्दङ्वाले हराएका हुन् । पराजुलीले ५ सय ८३ र कुमारले ५ सय ७१ मतसहित विजयी भएका हुन् ।

एमालेका पूर्वजिल्ला सचिवसमेत रहेका लिम्बू ५ वर्षअघि सम्पन्न एमालेको १० औं जिल्ला अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । गत स्थानीय तह निर्वाचनमा एमालेले लिम्बूलाई आठराई गाउँपालिकाको अध्यक्ष पदको टिकट दिएर विजयी गराएको थियो । माधवकुमार नेपालनिकट भएर खुलेका लिम्बू एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

जिल्ला समन्वय समितिमा जान गठबन्धन दलको सहमतिमै वडा सदस्य पदमा उम्मेदवारी दिएको लिम्बूले बताए । पराजयसँगै जिल्ला समन्वय समितिमा जाने उनको सपना अधुरै रह्यो । एक कार्यकाल गाउँपालिका अध्यक्ष भएर अनुभव बटुलिसकेका लिम्बू यसपटक पनि गठबन्धनबाट अध्यक्षका आकांक्षी थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?