१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

ज्योति कटुवाल

दैलेख — दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाही विजयी भएका हुन् । उनी २ हजार ५ सय ७१ मतसहित निर्वाचित भए ।

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

रक्षबहादुर शाहीले प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी शाहलाई २ सय ९२ मतान्तरले पराजित गरे । एमालेकी शाहले २ हजार २ सय ७९ मत प्राप्त गरिन् । अध्यक्षमा पराजित एमालेकी शाह जिल्ला समन्वय समितिकी निवर्तमान उपप्रमुख हुन् ।

एमालेले गाउँपालिका उपाध्यक्षमा भने जित हात पारेको छ । उपाध्यक्षमा एमालेका देवीराम बडुवाल निर्वाचित भएका छन् । उनी २ हजार ६ सय ९५ मतसहित उपाध्यक्षमा निर्वाचित भएका हुन् । बडुवालले नेपाली कांग्रेसका भद्राकुमारी शाहीलाई २ सय ७९ मतले पराजित गरिन् । कांग्रेसकी शाहीले २ हजार ४ सय १६ मत प्राप्त गरिन् । ६ वटा वडा रहेको यो गाउँपालिकामा ४ वडामा नेपाली कांग्रेस र २ वडामा एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?