कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बागलुङको निसीखोला गाउँपालिकामा कांग्रेस र बरेङमा राजमोका उम्मेदवार विजयी

प्रकाश बराल

बागलुङ — स्थानीय तह निर्वाचन मतगणनामा बागलुङका दुई पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निसीखोला र बरेङ गाउँपालिकाको परिणाम सार्वजनिक हुँदा गठबनन्धनका उम्मेदवार विजयी भएका छन् । निसीखोला गाउँपालिकामा कांग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षमा निर्वाचित भए । उनले ५ हजार ५ सय ११ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूमिराज घर्तीले २ हजार ६ सय ३९ मत पाए ।

बागलुङको निसीखोला गाउँपालिकामा कांग्रेस र बरेङमा राजमोका उम्मेदवार विजयी

उपाध्यक्षमा माओवादीका प्रेम घर्ती ५ हजार मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भोटु चन्दले २ हजार ९ सय ८ मत पाएका छन् । यहाँ यस अघिको निर्वाचनमा कांग्रेसको एकल प्यानल निर्वाचित भएको थियो । वडा नम्बर १, ४, ५ र ६ वडा कांग्रेसले २ र ३ माओवादी तथा वडा नम्बर ७ मा एमालेका उम्मेदवार विजयी भए ।

यसैगरी जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले ३ हजार ६ सय १ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदिप थापाले २ हजार २ सय ३२ मत पाए । उपाध्यक्षमा कांग्रेसका दिलिप पुनले ३ हजार ६ सय ८२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा कार्की क्षेत्रीले १ हजार ९ सय ५० मत पाइन् । बरेङको वडा नम्बर १, २ राजमो तथा वडा नम्बर ४ र ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा एमालेका उम्मेदवार विजयी भए ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?