१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वी नवलपरासी हुप्सेकोटमा कांग्रेस विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । त्यहा कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् ।

पूर्वी नवलपरासी हुप्सेकोटमा कांग्रेस विजयी

हुप्सेकोटमा वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी भएका छन् ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए । फालमखानी रहेको यो गाउँपालिकामा विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्यता छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?