कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोटाङको रावाबेसीमा कांग्रेसका श्रेष्ठ निर्वाचित

डम्बरसिं राई

खोटाङ — रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ विजयी भएका छन् । उनले २ हजार चार सय ८९ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकुमार पोखरेलले २ हजार ३ सय ३ मत ल्याएर पराजय बेहोरेका छन् ।

खोटाङको रावाबेसीमा कांग्रेसका श्रेष्ठ निर्वाचित

उपाध्यक्षमा नेकपा एमालेकी कौशिलाकुमारी गुरुङले विजयी भएकी छन् । उनले २ हजार २ सय ५७ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत ल्याएको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?