कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का  गंगाबहादुर तामाङ ४ हजार ६६६ मतसहित निर्वाचित भएका छन् । उनी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार हुन् ।

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमिल्सनाले ४ हजार १०५ मत पाएका थिए । एमालेका नारायणकाजी श्रेष्ठ ३ हजार ३८ पाए ।

उपाध्यक्षमा भने कांग्रेसबाट सरु लामा तामाङ ४ हजार ३९४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सपना थापाले ३ हजार ६३३ मत ल्याएका थिए । एकीकृत समाजवादीका ढालबहादुर थापाले २ हजार ४१८ मत पाएका छन् ।


प्रकाशित : जेष्ठ २, २०७९ २३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?