कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेस विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्  । मेयर पदमा कांग्रेसका बालकृष्ण बस्नेतले ७७२८ मत र उपमेयरमा मञ्जु तामाङले ६९७७ मत ल्याएर विजयी भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेस विजयी

बस्नेत र तामाङका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका निमफुञ्जो शेर्पा ५ हजार ४ सय ३३ र सुशिला पाख्रिनले ५ हजार ९ सय ९० मत पाएर पराजय व्यहोरेका छन् भने माओवादी केन्द्रका बुद्धराज बस्नेतले ५ सय ६५ र पातली थामीले ४ सय ७१ मत ल्याएका छन् ।

अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृह नगर कांग्रेसको गढ क्षेत्रमै बाह्रबिसेमा यसपटक पनि दोहोरिएका एमालेका उम्मेदवार शेर्पा र पाख्रिनले केही मतको अन्तरमा आधा वडासहित बाजी मारेका थिए ।

यसपटक पुन: त्यही पदमा दोहोरिएका दुवैले भारी मतअन्तरमा पराजय बेहोर्नुपर्‍यो । आहिले नगरको मेयरमा निर्वाचित बस्नेत भने पूर्वमन्त्रीका भाइसमेत हुन् । बस्नेत र तामाङसहित बाह्रबिसे नगरको वडा १ मा आङदोर्जे शेर्पा, बाह्रबिसे २ मा रेशम तामाङ, ३ मा जीवन भण्डारी, ४ मा शेखरबहादुर भण्डारी, ५ मा श्यामबहादुर तामाङ, ८ मा विमल पौडेल र ९ मा कृष्णबहादुर रायमाझी कांग्रेसबाट भारी मतले विजयी भएका छन् । यसबाहेक बाह्रबिसे नगरको ६ मा एमालेका कुलबहादुर श्रेष्ठ र ७ मा सोनाम लामाले जितेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?