कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उदयपुरको रौतामाईमा गठबन्धन विजयी

डिल्लीराम खतिवडा

उदययपुर — रौतामाई गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्षका उम्मेदावर वीरेन्द्रकुमार मगर र उपाध्यक्षमा कांग्रेसका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।

उदयपुरको रौतामाईमा गठबन्धन विजयी

मतगणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका मगरले ४ हजार ३ सय ५ मत ल्याई रहँदा नेकपा(एमाले)का भरतबहादुर थापाले ३ हजार ३ सय ४६ मत ल्याएका छन् । उनीहरुबीच ९ सय ५९ को मतान्तर रहेको रौतामाई निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट कांग्रेसका भूपेन्द्र थापाले एमालेकी कुमारी ज्यु ठकुरीलाई ६ सय ६ मतको फराकिलो अन्तरले उछिनेका छन् । कांग्रेसका थापाले ३ हजार ६ सय ९९ मत ल्याउँदा एमालेकी ज्यु ठकुरीले ३ हजार ९३ मत मात्रै प्राप्त गरेकी हुन् । अहिले उपाध्यक्षमा पराजित ठकुरी ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाटै उम्मेदवार भएर निर्वाचित भएकी थिइन् । यता अहिले उपाध्यक्षमा निर्वाचित थापा २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार भएर एमालेसँग पराजित भएका थिए । थापा एमालेका गजेन्द्रबहादुर खडकासँग पराजित भएका हुन् ।

८ वटा वडा रहेको रौतमाई गाउँपालिकामा ५ वटा वडामा नेकपा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?