१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

अर्जुन शाह

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् । 

बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७४७ मत पाएका छन् बुढाले ३ हजार ५५८ मत पाए ।

यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गरेकी हुन् । नाथले ३ हजार ६४२ मत प्राप्त गरेकी छिन् भने ओलीले ३ हजार ५९४ मत प्राप्त गरिन् । खप्तड छेडेदह गाउँपालिका विगतदेखि नै कांग्रेसको गढ मानिँदै आएको क्षेत्र हो ।

७ वटा वडा रहेको यस गाउँपालिकामा कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष पदमा जितेको छ भने एमालेले २ वटा वडामा जितेको छ । कांग्रेसले जितेका वडाध्यक्षहरूमा वडा नम्बर १ मा कांग्रेसका वीरबहादुर रावल, २ मा कांग्रेसका भक्तबहादुर बुढा, ३ मा कांग्रेसका विर्कबहादुर रावत, ५ मा कांग्रेसका जितबहादुर रावत, ६ मा कांग्रेसका हर्क बिष्ट रहेका छन् । एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?