१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

उदयपुरको ताप्लीमा माओवादीका विश्वकर्मा निर्वाचित

डिल्लीराम खतिवडा

उदययपुर — उदयपुरको ताप्ली गाउँपालिकामा सत्तागठबन्धनबाट माओवादीका अध्यक्ष उम्मेदवार ढुङ्गराज विश्वकर्मा र उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छन् ।

उदयपुरको ताप्लीमा माओवादीका विश्वकर्मा निर्वाचित

मतगणनाको अन्तिम परिणामअनुसार माओवादीका विश्वकर्माले एमालेका उम्मेदवार बाबुराम राईलाई ३८ मतान्तरले जितेका छन् । अध्यक्ष निर्वाचित विश्वकर्माले १ हजार ७ सय ८७ मत ल्याइरहँदा एमालेका राईले १ हजार ७ सय ४९ मत ल्याएको ताप्ली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी धनमाया मगरले एमालेकी मनकुमारी थापालाई १ हजार २ सय ८० मतान्तरले उछिनेकी छन् । कांग्रेसकी धना मगरले २ हजार ५ सय ८६ मत ल्याउँदा एमालेकी थापाले १ हजार ३ सय ७० मतमात्रै प्राप्त गरेकी हुन् ।

उपाध्यक्ष मगरले सुरुवाती चरणमै अग्रता कायम गर्दै आएकी थिइन् । उनले निकटतम प्रतिद्वन्द्वी थापालाई सुरुमै दबाबमा राख्दै जित निकालेकी हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकी कमलामाया राईसँग पराजित भएकी थिइन् ।

०७४ सालमा ताप्ली गाउँपालिकामा एमालेका उद्धवसिंह थापाले कांग्रेसका डिगबहादुर ज्यू ठकुरीलाई २३ मतले पछि पार्दै विजय भएका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?