कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'लालकिल्ला' कीर्तिपुरमा कांग्रेस विजयी

काठमाडौँ — वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले 'क्लिन स्विप' भएको छ । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।

'लालकिल्ला' कीर्तिपुरमा कांग्रेस विजयी

९ हजार ४३ मत ल्याएका नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई ३५ सय ३६ अन्तरले पारित गरेका हुन् । बज्राचार्यले ५५ सय ७ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा शुभलक्ष्मी शाक्य उप मेयरमा निर्वाचित भएकी छिन् । ८६ सय ६५ मत प्राप्त गरेकी शाक्यले एमालेकी बिन्दु महर्जनलाई पराजित गरेकी हुन् । महर्जनले ७२ सय ६ मत प्राप्त गरिन् । जनता समाजवादी पार्टीका नेताहरुले शाक्य कांग्रेसको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी आफ्नो दलको नेता भएको बताएका छन् । मा‌ओवादी केन्द्रले मेयर उम्मेदवार शिवशंकर महर्जनले ४ हजार ९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० वटा मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् । एमाले २ जना दलीय महिला सदस्यमा निर्वाचत भएका छन् । जसमध्ये वडा नम्बर ८ सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन् । वडा नम्बर २मा एमालेकी दलित महिला सदस्य सुष्मा विश्वकर्मा विजयी भएकी हुन् । विश्वकर्माले माओवादी केन्द्रका बालकुमार विश्वकर्मालाई पराजित गरेकी हुन् ।

एमाले कीर्तिपुर नगर कमिटीका अध्यक्ष राधाकृष्ण बस्नेतले आन्तरिक समस्याको कारण अहिलेको अवस्था आएको बताए ।

'आन्तरिक समस्याको कारणले त्यस्तो परिणाम आएको हो । समिक्षा बैठकपछि के-के विषयमा समस्या देखिएको हो त्यस विषयलाई सार्वजनिक गर्छु । एन्टीइन्कबेन्सी (सत्ता विरोधी धारणा)ले कारणले पनि हो,' अध्यक्ष बस्नेतले भने, 'अहिले पनि यो गढ हो र गढकै रूपमा रहन्छ । आन्तरिक कारण र असन्तुष्टिहरू छन् । वामपन्थीहरूको वर्चश्व घटेको छैन ।'

प्रकाशित : जेष्ठ २, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?