३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका अधिकारी निर्वाचित

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर अधिकारी निर्वाचित भएका छन् । एमालेका भुवानीप्रसाद लिङदेनलाई १ सय ७ मतान्तरले हराँउदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका अधिकारी निर्वाचित

अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङ्देनलाई ४ हजार ३ सय ५८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्ष पदमा भने नेकपा एमालेकी सुमित्रा उप्रेती सेढाईं विजयी भएकी छिन । उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देनलाई १८ मतले हराएकी हुन् ।

उप्रेतीले ४ हजार १ सय ४६ मत प्राप्त गर्दा लिङ्देनले ४ हजार १ सय १८ मत पाएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाका ३ जना वडा सदस्यबाहेक सबै पदमा नेकपा एमाले विजयी भएको थियो ।

हिलिहाङमा नेपाली कांग्रेस,माओेवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गठबन्धन भएको थियो भने । एमालेले राप्रपासँग तालमेल गरेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?