स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले पछाडि पार्दै विजयी घोषित भएका हुन् ।

गैह्रे एमाले स्याङ्जाका अध्यक्ष हुन् । एमालेको पकड क्षेत्र मानिने गल्याङमा भट्टराईले ९ हजार ६ सय २१ मत ल्याएका छन् भने, गैह्रेले ८ हजार ९ सय २२ मत ल्याए । यस्तै, उपमेयर पदमा कांग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन् ।

प्रमुख प्रतिद्वन्द्वी एमालेकी देवीसरा थापालाई ६३ मतको अन्तरमा थापालाई पराजित गर्दै उनी विजयी घोषित भएकी छन् । निर्वाचन अधिकृत काशीराम गैरेका अनुसार न्यौपानेले १ हजार १ सय १८ मत ल्याएकी छन् भने थापाले ९ हजार ५५ मत प्राप्त गरेकी छन् ।

यस्तै गल्याङ नपाका वडाहरुमा क्रमश: १ मा कांग्रेसका मणि बस्याल, २ मा एमालेका अशोक थापा, ३ मा कांग्रेसका कृष्ण भट्टराई, ४ मा कांग्रेसकै ढाकाराम न्यौपाने, ५ मा एमोका घनश्याम भट्टराई, ६ मा कांग्रेसका दीप गुरुङ, ७ मा एमालेका झविलाल पाण्डे, ८ मा एमालेकै झिमबहादुर थापा, ९ मा कांग्रेसका नामदेव खनाल, १० मा कांग्रेसका मुक्ति खनाल र ११ मा एमालेका दलबहादुर सिंजाली विजयी भएको निर्वाचन अधिकृत गैरेले बताएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभाको मकालुमा कांग्रेसका शेर्पा र माओवादीकी राई विजयी  

दिपेन्द्र शाक्य

संखुवासभा — मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङ्दिछिरिङ शेर्पा विजयी भएका छन् । उनले ३ हजार  १७ मत ल्याए । उपप्रमुखमा माओवादी केन्द्रका मनकला राई २७ सय ५९ मत ल्याएर विजयी भइन् ।

उनीहरू गठबन्धनका उम्मेदवार हुन् । प्रमुखका प्रतिद्बन्द्वी एमालेका भरतकुमार कटुवालले २४ सय ७८ मत ल्याए । उपप्रमुख एमालेका चमेली राईले २ हजार ३३ मत ल्याइन्। २०७४ मा यहाँ दुवै पद नेकपा एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×