पर्वतको पैयुँ गाउँपालिकामा कांग्रेसका मल्ल विजयी

अगन्धर तिवारी

पर्वत — पर्वतको पैयुँ गाउँपालिकामा नेपाली कांग्रेसका राज मल्ल (तोरण) विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पछि पार्दै विजयी भएका हुन् । मल्लले ३८२४ मत ल्याउँदा श्रेष्ठले ३३८० मत ल्याएका छन् । 

पर्वतको पैयुँ गाउँपालिकामा कांग्रेसका मल्ल विजयी

योसँगै नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहेका मल्ल जिल्लाकै कान्छा पालिका प्रमुख हुने निश्चित छ । २८ वर्षे मल्ल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

पैयुँकै उपाध्यक्ष पदमा भने एमालेकी यामकुमारी राना विजयी भएकी छन् । कांग्रेसकी जानकी प्रधानलाई ३९७ मतले पछि पार्दै राना विजयी भएकी हुन् । रानाले ३७७७ मत ल्याइन् । सात वडा रहेको पैयुँमा १ र ७ बाहेक सबै वडा एमालेले जितेको छ । कांग्रेसको बलियो पकड मानिएको पैयुँमा यसअघिको निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित ५ वडा नेपाली कांग्रेसले जितेको थियो । अघिल्लोपटकको निर्वाचनमा फराकिलो मतका साथ कांग्रेसका उम्मेदवार विजयी भएका त्रिवेणी र सरौंमा समेत यसपटक एमालेका उम्मेदवार विजयी भए ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?