कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रसुवाको उत्तरगयामा एमालेका माधव अर्याल निर्वाचित

बलराम घिमिरे

रसुवा — रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका माधव अर्याल निर्वाचित भएका छन् । अर्याल ४ सय ३९ को मतान्तरसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

रसुवाको उत्तरगयामा एमालेका माधव अर्याल निर्वाचित

निर्वाचन अधिकृत मुना अधिकारीका अनुसार उनले २ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्साल २ हजार ५ सय ६० मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका लम्साल यस पटक भने पराजित भएका छन् ।

अर्याल नेकापा एमालेको केन्द्रीय सदस्य हुन् भने लम्साल नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको सदस्य हुन् । उपाध्यक्षमा विजयी चमेली गुरुङले ३ हजार १ सय ३४ मत पाएकी छन् । गुरुङ एमालेबाटै उम्मेदवार बनेकी थिइन् । उनी दोस्रो पटक निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको सुनिता माया गुरुङले २ हजार ४ सय ५२ मत पाइन् ।

उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन् । जसमध्ये १, २ र ३, वडा एमालेले जितेको छ । वडा नम्बर ४ कांग्रेस र ५ माओवादी केन्द्रले जितेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?