कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मुगुम कार्मारोङमा कांग्रेसका छिरिङक्याप्ने र एमालेकी छिरिङफुटिक बिजयी 

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङक्याप्ने लामा र उपाध्यक्षमा नेकपा एमालेकी छिरिङफुटिक लामा बिजयी भएका छन् । छिरिङक्याप्नेले १५ सय ७१ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोनाम लामाले १४ सय ८१ मत प्राप्त गरेका छन् ।

मुगुम कार्मारोङमा कांग्रेसका छिरिङक्याप्ने र एमालेकी छिरिङफुटिक बिजयी 

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी छिरिङ फुटिकले १५ सय ६१ मत प्राप्त गरि बिजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका गुरुस्याङग्याप लामाले १३ सय ८५ मत ल्याएका छन् ।

यहाँ कांग्रेस-माओवादी केन्द्रबीच चुनावी तालमेल थियो । २०७४ सालको स्थानीय निर्बाचनमा अध्यक्ष पद जित्न सफल भएका छिरिङक्याप्ने अहिले दोहोरिएका हुन् । उनले पहिलो कार्यकालमा राम्रो काम गरेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?