१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

स्थगित मतदान कार्य शान्तिपूर्वक सम्पन्न

धनकुटा — धनकुटाको सहीदभूमी गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय केन्द्रमा स्थगित भएको मतदान कार्य सोमबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

स्थगित मतदान कार्य शान्तिपूर्वक सम्पन्न

उक्त विद्यालय र वडा कार्यालय भवनका रहेका तीन वटा केन्द्रमा गत शुक्रबार अनुपस्थित रहेका मतदाताको नाममा मतदान गरेको विषयमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो ।

सोमबार बिहान ७ देखि सुरु भइ बेलुकी ५ बजेसम्म मतदान कार्य सकिएको थियो । जसमा ७४.०२ प्रतिशत मतदान गरेको निर्वाचन अधिकृत रुद्र गिरीले जानकारी दिए । उक्त केन्द्रमा कुल २५१३ मतदातामध्ये १८६० जनाले मतदान गरेको गिरीले बताए ।

मतगणना कार्य सर्वदलीय बैठकपछि रातिदेखि सुरु गरिने जनाइएको छ । मतदानस्थलमा म्यादीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिएका थिए । गत शुक्रबार उक्त मतदानस्थलका तीन वटा केन्द्रमा २० प्रतिशत मत खसेपछि मतदान कार्य स्थगित भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?