तनहुँको देवघाटमा कांग्रेसका थापा र माओवादी केन्द्रका गुरुङ निर्वाचित

सम्झना रसाइली

तनहुँ — देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङ निर्वाचित भएका छन् । थापाले ४ हजार ३०६ मत ल्याएका छन् भने गुरुङले ३ हजार ७२१ मत ल्याएका छन् ।

तनहुँको देवघाटमा कांग्रेसका थापा र माओवादी केन्द्रका गुरुङ निर्वाचित

उनीहरुका प्रतिस्पर्धी नेकपा एमालेबाट अध्यक्षमा दुर्गबहादुर थापाले ३ हजार ४८३ मत र उपाध्यक्षमा सवित्री न्यौपानेले ३ हजार ४६७ मत ल्याएका छन् । यहाँ एमाले विरुद्ध कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो ।

यस्तै, देवघाट–१ मा एमालेका मनिराज गुरुङ, देवघाट–२ मा कांग्रेसका मीनबहादुर राना, देवघाट–३ मा कांग्रेसका टेकबहादुर आले, देवघाट–४ मा एमालेका मित्रलाल गुरुङ र देवघाट–५ मा कांग्रेसका पुर्णबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।


प्रकाशित : जेष्ठ २, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?