कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

गगनशिला खड्का

गुल्मी — गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेद्वार खड्काले नेकपा एमालेका हिराबहादुर अर्याललाई १ सय २५ मतले पछि पारेर र उपाध्यक्षमा कुँवर  ७ सय ८८ मतान्तरले विजयी भएका हुन् । 

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी 

खड्काले ५ हजार ५ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा कुँवर ५ हजार ९ सय ९ मतका साथ विजयी हुँदा एमालेका तर्फबाट विमला खत्रीले ५ हजार १ सय २१ मत ल्याएकी छन् ।

इश्माको ६ वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटा वडा नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसका वडा नं १ मा शेर बहादुर कुँवर, २ मा लोकनाथ आचार्य, ५ मा झविन्द्र अर्याल र वडा नम्बर ६ मा ढालबहादुर कुँवर विजयी भएका छन् । त्यसैगरी नेकपा एमालेको तर्फबाट इश्मा गाउँपालिकाको वडा नम्बर ३ मा ज्योतिराज कुँवर र वडा नम्बर ४ मा राजु बस्नेत वडाअध्यक्षमा निर्वाचित भएका छन् ।


प्रकाशित : जेष्ठ २, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?