१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले लिए सपथ

घनश्याम खड्का

म्याग्दी — देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा हिमालपारिको जिल्ला मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले भने सोमबार पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा नवनिर्वाचित अध्यक्षहरु लोमान्थाङ गाउँपालिकाका टसीनुर्वु गुरुङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका लोप्साङ छोम्पेल विष्ट, वारगुङ मुक्तिक्षेत्र गाउँपालिकाका रिन्जिन नामगेल गुरुङ, घरपझोङ गाउँपालिकाका सञ्जयकुमार थकाली र थासाङ गाउँपालिकाका प्रदीप गौचनलाई जिल्ला न्यायाधीश रुमाकान्त ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले लिए सपथ

‘स्थानीय तह निर्वाचन सम्पन्न भएपछि देशमै पहिलो पटक मुस्ताङका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिनु भएको छ’ मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला अदालत मुस्ताङका न्यायाधीश रुमाकान्त ज्ञवालीले भने, ‘अब अध्यक्षहरु पालिकामा फर्केर यसै साता उपाध्यक्षहरुसहित अन्य जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ ।’


प्रकाशित : जेष्ठ २, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?