२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रामारोशनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

मेनुका ढुंगाना

अछाम — अछामको रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन्। साउद ३ हजार १२७ मतमा साथ विजयी भएका हुन्।

रामारोशनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन्। उनी ३ हजार २८ मतका साथ विजयी भएकी हुन। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउदले २ हजार २२८ मत प्रात गरेकी छन्। त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन्।

७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन्। वडा नं १ मा माओवादी केन्द्रका चक्रबहादुर साउद, वडा नं २ मा माओवादी केन्द्रका मीबहादुर परियार, वडा नं ३ मा कांग्रेसका गणेश साउद, वडा नं ४ मा एमालेका तर्कराज उपाध्याय, वडा नं ५ मा कांग्रेसका केशरबहादुर साउद, वडा नं ६ मा माओवादीका सुशील साउद र वडा नं ७ मा एमालेका तप्तबहादुर भण्डारीले जितेका छन्।

रामारोशनमा समाजवादी र कांग्रेसबीच गठबन्धन भएको थियो। रामारोशन गाउँपालिका माओवादीको 'लालकिल्ला' भनेर चिनिन्छि। यसअघिको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको थियो।

प्रकाशित : जेष्ठ २, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?