कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अर्घाखाँचीको छत्रदेवमा कांग्रेसका श्रेष्ठ र एमालेका पन्थी निर्वाचित

वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएका छन् । यहाँ पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल थियो । अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन् ।

अर्घाखाँचीको छत्रदेवमा कांग्रेसका श्रेष्ठ र एमालेका पन्थी निर्वाचित

गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पन्थीले ७ हजार २ सय २४ मत ल्याएका छन् । उपाध्यक्षमा मनिषाले कांग्रेसकी इन्दिरा भुसाललाई २ सय ४८ मतान्तरले पराजित गरिन् ।

उनले ७ हजार ५ सय १९ मत ल्याएर विजयी भइन् । भुसालले ७ हजार २ सय ३५ मत ल्याइन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका पालिका अध्यक्षमा लेखनाथ पोखरेल र उपाध्यक्षमा कांग्रेसकै तुल्सीदेवी श्रेष्ठले भारी मतान्तरले जितका थिए ।

त्यतिबेला कांग्रेस यहाँ एक्लै लडेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?