बझाङ — बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपालीका कांग्रेसका जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् । यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।
गठबन्धनले ११ वडा रहेको नगरपालिकाका ८ वडामा पनि विजय हासिल गरेको छ भने ३ वडा स्वतन्त्र उमेदवारले जितेका छन् । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहरा, वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रकै बिरे धामीले जितेका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा धर्मराज जोशी, वडा नम्बर ४ मा गणेश कार्की विजयी भएका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेसका उम्मेदवार हुन् । वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निराजन कुँवर, ६ मा स्वतन्त्र उम्मेदवार राम देवार र वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशी, वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार लोकेन्द्र जाग्री, वडा नम्बर ९ मा नेपाली कांग्रेसका हरीश सिंह, १० मा नेपाली कांग्रेसकै प्रेम ओखेडा र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बुङगलले जानकारी दिएको छ ।
प्रकाशित : जेष्ठ २, २०७९ १३:४१