दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दुर्गालाल केसी

दाङ — राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् । अध्यक्षमा बुढाथोकी ३ हजार ९ सय ८० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् ।

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

एमालेका कुलराज गिरीले २ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा धनपतीदेवी यादव ३ हजार ८ सय ३६ मत ल्याई विजयी भएकी छन् । उनी २०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन् भने एमालेकी सीता यादवले २ हजार ९ सय ७ मत प्राप्त गरेकी छन् ।

राजपुरमा सात वडामध्ये एमालेले १ र ५, कांग्रेसले २ र ४ तथा माओवादी केन्द्र ३, ६ र ७ वडा जितेका छन् । २०७४ मा ४ वडा जितेको कांग्रेसले अहिले २ वडा जितेको छ भने ३ वटा वडा जितेको माओवादी केन्द्रले अहिले पनि ३ वटै वडा जितेको र यसअघि एउटा वडा पनि नजितेको एमालेले अहिले दुई वडा जितेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?