कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ठूलीभेरी नगरपालिकामा कांग्रेस विजयी 

हरि गौतम

रुकुम पूर्व — डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । प्रमुखमा श्वबर्णकुमार बुढा र उपप्रमुखमा छिरिङ टोल्मा महत निर्वाचित भइन् । बूढाले नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायलाई पराजित गरे ।

ठूलीभेरी नगरपालिकामा कांग्रेस विजयी 

बूढाको १ हजार २ सय ८६ मत आयो भने रोकायले ९ सय ४५ मत ल्याएका छन् । उपप्रमुखमा महतले राष्ट्रिय प्रजातन्त्र पार्टीका विरमलकुमार भण्डारीलाई पराजित गरिन् । महतले ८ सय ४८ मत ल्याउँदा भण्डारीको पक्षमा ८ सय ८६ मत आएको छ ।

२०७४ मा ठूलीभेरी नगरप्रमुख एमालेले जितेको थियो भने उपप्रमुख राप्रपाले जितेको थियो । २०७४ मा एमाले र राप्रपा तथा कांग्रेस तथा माओवादी केन्द्र मिलेर निर्वाचन लडेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?