१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मदाने गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार १० मतले विजयी, उपाध्यक्षमा एमाले 

गगनशिला खड्का

गुल्मी — गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार कुँवरले एमालेका प्रेम केसीलाई जम्मा १० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

मदाने गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार १० मतले विजयी, उपाध्यक्षमा एमाले 

अध्यक्षमा विजयी कुँवरले ४ हजार ७ सय ७ मत ल्याउँदा गर्दा केसीले ४ हजार ६ सय ९७ मत ल्याए ।

पालिकाको उपाध्यक्ष पदमा भने एमालेबाट सरिता खड्का ३ सय ५६ मत अन्तरले विजयी भएकी छन् । खड्काले ४ हजार ५ सय ६५ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी) केन्द्रका वेगमबहादुर चन्दले ४ हजार २ सय ११ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनका धेरै मत बदर हुँदा उपाध्यक्ष पद गुमेको माओवादी केन्द्रले जनाएको छ । गठबन्धनको उम्मेदवारहरुलाई क्रस मत धेरै बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्थानीय निर्वाचन २०७४ मा एउटा वडाध्यक्षबाहेक सबै जितेको एमालेले अहिले उपाध्यक्ष, २ वडाध्यक्ष र ३ जना वडासदस्य जितेको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट वडा नं. १ मा सुशील चन्द, ३ मा चेतबहादुर सेन, ४ मा प्रेमबहादुर सेन, ६ मा मनिराम थापा र ७ मा सन्तोष केसीले जितेका छन् ।

त्यस्तै एमालेको तर्फबाट वडा नं. २ मा हिमाल केसी र ५ मा माधव भुसाल विजयी भएका छन् । एमालेका तर्फबाट विजयी वडाध्यक्ष दुवैजना यसअघि पनि वडाध्यक्ष थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?