कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जित्ने र हार्ने सँगसँगै विजय र्‍यालीमा

अर्जुन शाह

बाजुरा — चुनावको नतिजापछि विजेतालाई मतदाताहरुले हर्षबढाइँका साथ विजयोत्सवमा काँध चढाएर परिक्रमा गराउने आम प्रचलन हो । तर बाजुराको गौमुल गाउँपालिकामा अध्यक्ष पदका विजेता र उपविजेता दुवैलाई मतदाताहरुले विजय ऱ्याली काँध चढाएर खुसीयाली मनाएका छन् ।

जित्ने र हार्ने सँगसँगै विजय र्‍यालीमा

वडादेखि पालिकासम्म सबै पदमा एमालेको प्यानलै विजयी भएको गौमुलमा अध्यक्ष पदमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया विजयी भएका हुन् । उनीहरुसँग कांग्रेसका हिरेन्द्र रोकाया र उमादेवी रोकाया पराजित भएका थिए ।

जिल्लाकै अन्य केही पालिकाहरूमा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप र तनावका घटना भइरहँदा गौमुलमा कार्यकर्ता र उम्मेदवारले प्रस्तुत गरेको शैली र व्यवहारलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?