निर्वाचितलाई पुनः पराजित भनेपछि बर्दियाको गुलरियामा विवाद

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका ४ का अजमेर अली नाउ एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्‍यो । घोषणालगत्तै उनका समर्थकले खुसियाली मनाउँदै र्‍याली निकाले ।

निर्वाचितलाई पुनः पराजित भनेपछि बर्दियाको गुलरियामा विवाद

घोषणा गरेको ४ घण्टापछि उनी पराजय भएको सूचना निर्वाचन कार्यालयले पुनः सार्वजनिक गर्‍यो । आइतबार बेलुकी निर्वाचित घोषित अजमेर ४ मतले पराजित भएको घोषणापछि एमाले समर्थक आक्रोशित भएका छन् । ‘कांग्रेसका इस्राइल नाउलाई १ हजार १ सय ४६ मतले निर्वाचित गराइयो‚’ अजमेरले गुनासो पोखे । म पराजित भएको भए मलाई किन निर्वाचित भनियो, ‘उनले भने‚ ‘यो धाँधली हो । धाँधली गरेर कांग्रेसलाई निर्वाचित गराइयो ।’ उनले आफ्नो बेइजति गराइएको भन्दै मतगणना गर्ने कर्मचारीले गम्भीर लापरबाही गरेको आरोप लगाए । उनले मतगणकहरूमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै आक्रोश पोखे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेका थिए । वडा नम्बर ८ को मतपेटिका खोलिएकाले मतगणना गर्न दिने सहमति भएको छ । माओवादीका मेयरका उम्मेदवार गेहेन्द्र ढकालले जबसम्म पुनः मतगणना हुँदैन तबसम्म वडा नम्बर ९ देखि १२ वडासम्मको मतगणना गर्नु नहुने बताएका छन् । यो व्यवस्थापनका कमीकमजोरी भएको उनले जनाए ।

मतगणनास्थलमा गुलरिया नगरपालिकाका कर्मचारी फेरिनुपर्ने एमालेले माग गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?